logo

२०८१ माघ १० बिहिबार

logo
  • बिहिबार, १० माघ २०८१
  • संसदीय सुनुवाई समितिद्वारा श्रीलंका र डेनमार्कका लागि प्रश्तावित द्वय राजदुतको नाम अनुमोदन

    संसदीय सुनुवाई समितिद्वारा श्रीलंका र डेनमार्कका लागि प्रश्तावित द्वय राजदुतको नाम अनुमोदन

    2.5K
    Shares

     

    काठमाडौं । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रश्तावित द्वय राजदुतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । मंगलवार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रश्तावित नेपाली राजदुत वासुदेव मिश्र र डेनमार्कका लागि प्रश्तावित राजदुत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो ।

    यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रश्तावित राजदुतहरुको नाम अनुमोदन गरेको थियो । सरकारद्वारा प्रश्तावित द्व राजदुत राय र मिश्रबिरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले प्रश्तावित द्व राजदुत मिश्र र रायबिरुद्ध परेको उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदुतको नाम अनुमोदन गरेको बताए ।

    सभापति कर्णले भने, ‘हामीले लामो समयदेखि २० जना प्रश्तावित राजदुतहरुको सुनुवाई गरिरहेका थियौँ । समितिले दिनरात नभनि काम गरेको छ । उजुरीको कारणले दुई जनाको अनुमोदन गर्न बाँकी थियो । उजुरी सम्बन्धमा हामीले गहन अनुसन्धान गरेर, पत्राचार गरेर, अध्ययन गरेर, आज त्यसमा विस्तृत रुपबाट छलफल गरेका छौँ । छलफल गर्दा उजुरीमा कुनै औचित्य नदेखिएकोले आयोगको पत्राचारबाट पनि हामीले आज डा. रामस्वार्थ राय र वासुदेव मिश्रलाई श्रीलंका र डेनमार्कको लागि प्रश्तावित राजदुतलाई सर्वसम्मतले अनुमोदन गरेका छौँ ।’

    समिति सभापति कर्णले सरकारद्वारा प्रश्तावित द्वय राजदुत मिश्र र रायबिरुद्ध परेका उजुरीहरुको बारेमा गहन छलफल गरेर अनुमोदन गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend