बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

भरतपुरमा यो मेरो अन्तिम कार्यकाल हो, एक सेकेन्ड पनि खेर नफालेर भ्याएसम्म काम गर्नेछु: रेनु दाहाल

भरतपुरमा यो मेरो अन्तिम कार्यकाल हो, एक सेकेन्ड पनि खेर नफालेर भ्याएसम्म काम गर्नेछु: रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित रेनु दाहालले यो आफ्नो अन्तिम कार्यकाल हुने बताएकी छन् । मंगलबार मतपरिणाम सार्वजनिक भएपछि सञ्चार माध्यमसँग कुराकानी गर्दै उनले स्थानीय सरकार प्रमुखको रुपमा यो अन्तिम कार्यकाल हुने बताएकी हुन् ।

‘यो मेरो अन्तिम कार्यकाल हो, स्थानीय तहको नेतृत्वको रुपमा अन्तिम पटकका लागि अवसर पाएको छु, एक सेकेन्ड पनि खेर नफालेर म दिलो ज्यानले आफ्नो क्षमताले भ्याएसम्म काम गर्नेछु ।’

उनले आफूले तीन देखि सात हजार मत अन्तरले जित्ने अनुमान गरे पनि धेरै भरतपुरबासीले विश्वास गरेर १२ हजार भन्दा बढी मत अन्तरले जिताएको बताइन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend