logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पोखरामा पुनः मतगणनाको माग गर्दै कांग्रेसले हाल्यो निवेदन

    पोखरामा पुनः मतगणनाको माग गर्दै कांग्रेसले हाल्यो निवेदन

    4.5K
    Shares

    पोखरा । नेकपा एमालेले वडा नम्बर १८ को पुनः मतगणनाको माग गर्दै निवेदन हालेपछि नेपाली कांग्रेसले पनि वडा नम्बर १ र १७ नम्बर वडामा पुनः गणना माग गर्दै निवेदन दिएको छ । उक्त वडामा नेकपा एमाले विजयी भएको थियो ।

    वडा नम्बर १ मा नेकपा एमालेका सहार प्रधान विजयी हुँदा कांग्रेसका सीता गुरुङ पराजित भएकी थिइन् । पोखरा वडा नम्बर १७ मा नेकपा एमालेका राधिका शाही विजयी हुँदा नेपाली कांग्रेसका देवराज आचार्य पराजित भएका थिए ।

    अहिले पोखरामा २२, ३२ र ३३ वडाको मत गणना भइरहेको भए पनि नेकपा एमालेका प्रतिनिधि सहभागी नहुँदा मतगणना स्थगित भएको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend