logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बालेन शाहलाई लोकप्रिय, सुनिता डंगोललाई सर्वाधिक मत

    बालेन शाहलाई लोकप्रिय, सुनिता डंगोललाई सर्वाधिक मत

    7.1K
    Shares

    काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजारभन्दा बढी मत प्राप्त गरेका छन् । बालेनले ५० हजार ३३९ मत प्राप्त गरेका हुन् ।

    १ लाख ४९ हजार ९४२ मतगणना हुँदा बालेनले सो मत प्राप्त गरेका हुन् । उनका निकटम प्रतिस्ूपर्धी सत्ता गठबन्धनकी साझा तथा नेपाली काँग्रेसबाट मेयरकी उम्मेदवार सिर्जना सिंहले ३० हजार ९५४ मत प्राप्त गरेकी छन् ।

    त्यस्तै प्रतिपक्षी दल नेकपा (एमाले)का केशव स्थापितले ३० हजार ३३६ मत प्राप्त गरेका छन् ।

    त्यसैगरी एमालेबाट उक्त महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलले ५४ हजार ९१ मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का रामेश्वर श्रेष्ठले १८ हजार ६५५ मत प्राप्त गरेका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend