logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सांसदहरुले दिएका सबै सुझावहरुलाई समेटेर आगामी आर्थिक वर्षको बजेट ल्याउँछौँ: अर्थमन्त्री शर्मा

    सांसदहरुले दिएका सबै सुझावहरुलाई समेटेर आगामी आर्थिक वर्षको बजेट ल्याउँछौँ: अर्थमन्त्री शर्मा

    6.1K
    Shares

     

    काठमाडौं । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रिय सहभागी भई त्यसलाई पारित गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार सरकारको नीति तथा कार्यक्रम पेश गर्नु अघि सिंहदरवारमा पार्टी संसदीय दलको बैठक बोलाई अध्यक्ष दाहालले पार्टीको नीति र निर्देशन अनुसार सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सहभागी भई पारित गराउन पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन् ।

    त्यस अवसरमा उनले पार्टीका सांसदहरुलाई सरकारको नीति तथा कार्यक्रम र बजेटको आशयबारे पनि जानकारी गराउनु भएको पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पार्टीका सांसदहरुले दिएका सबै सुझावहरुलाई समेटेर आगामी आर्थिक वर्षको बजेट ल्याउने प्रतिवद्धता जनाएका छन् । पार्टीका सांसदहरुले बजेटबारे सुझाव दिएको र ती सबै सुझावलाई पनि समेटेर बजेट ल्याउने जवाफ अर्थमन्त्री शर्माले दिएको प्रमुख सचेतक गुरुङले बताए । सरकारले आगामी जेष्ठ १५ गते आगामी आर्थिक वर्षको बजेट ल्याउँदैछ । बैठकमा स्थानीय तह निर्वाचनको भने समिक्षा नभएको माओवादी केन्द्रले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend