logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव, मेघ गर्जन र चट्याङ सहित बर्षाको सम्भावना

    न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव, मेघ गर्जन र चट्याङ सहित बर्षाको सम्भावना

    2K
    Shares
    न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव, मेघ गर्जन र चट्याङ सहित बर्षाको सम्भावना

    काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।

    वायुको प्रभावले काठमाडौं लगायत क्षेत्रमा विहानै देखि छिटपुट पानी परिरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    बुधबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू– भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन ÷ चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    यता बिहीबार भने देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू(भागका एक–दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend