logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गठबन्धन सरकारको नीति तथा कार्यक्रमः उही पुरानै ढर्रा, छैनन् नयाँ कार्यक्रम

    गठबन्धन सरकारको नीति तथा कार्यक्रमः उही पुरानै ढर्रा, छैनन् नयाँ कार्यक्रम

    3.4K
    Shares
    गठबन्धन सरकारको नीति तथा कार्यक्रमः उही पुरानै ढर्रा, छैनन् नयाँ कार्यक्रम

    काठमाडौं । सरकारले मंगलबार प्रस्तुत गरेको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई दोहोऱ्याइएको अर्थविद्हरुले बताएका छन् । देश आर्थिक संकटको डिलमा रहेको समयमा फरक तरिकाले अगाडि बढ्नुपर्नेमा पुरानै कार्यक्रममा सरकार अल्झिएको उनीहरुको तर्क छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संसद्मा अगामी आर्थिक वर्ष २०७९÷८० का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । ६५ पेज लामो नीति तथा कार्यक्रममा सरकारले विभिन्न नीति र कार्यक्रमलाई अगाडि सारेको छ।

    वित्तीय र मौद्रिक औजार परिचालन गरी सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट समष्टिगत आर्थिक स्थायित्व कायम गरी तीव्र आर्थिक वृद्धि हासिल गर्नेतर्फ सरकारले आगामी आर्थिक वर्षको नीति र कार्यक्रम लक्षित गरेको पनि जनाएको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend