logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • ५२ हजार मतसहित बालेनको अग्रता कायमै,सृजना २० हजार मतले पछाडि

    ५२ हजार मतसहित बालेनको अग्रता कायमै,सृजना २० हजार मतले पछाडि

    1.9K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले आफ्नो अग्रता कायमै राखेका छन्।

    मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता बढाउँदै लगेका बालेन्द्रले नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंह र एमालेका केशव स्थापितलाई पछाडि पारेका हुन्।

    पछिल्लो मत परिणामअनुसार बालेनले ५२ हजार २५१ मत प्राप्त गरेका छन्। कांग्रेसकी सिंहले ३२ हजार ८२२ मत ल्याएकी छन्। बालेन भन्दा सिर्जना र स्थापित झण्डै २० हजार मतले पछाडि छन्। एमालेका स्थापितले ३२ हजार ८०७ मत प्राप्त गरेका छन्।

    उपमेयरमा भने एमालेकी सुनिता डंगोलले अग्रता कायमै राखेकी छन्। उनले ४६ हजार ३४७ मत पाउँदा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १६ हजार २८३ मत मात्र पाएका छन्।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend