logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल पुनः उत्कृष्ट

    सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल पुनः उत्कृष्ट

    2.2K
    Shares
    सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा भेरी अस्पताल पुनः उत्कृष्ट

    काठमाडौं । मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट घोषित भएको हो ।

    मूल्याङ्कनका क्रममा अस्पतालको लेखा प्रशासन, अस्पतालभित्र चल्ने क्लिनिकल सर्भिस, सपोर्ट सर्भिस, व्यवस्थापन पक्षलगायत सबै प्रकारको अवस्था हेरेर मूल्याङ्कन गरिएको बताइएको छ । आर्थिक वर्ष २०७८÷७९ मा भेरी अस्पतालले ६७ अङ्क प्राप्त गरेर उत्कृष्ट भएको अस्पताललका मेडिकल सुपरिटेन्डेण्ट डा वीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

    मूल्याङ्कनका लागि मन्त्रालयका सहसचिवको टोली अस्पतालमा आउने र त्यसैका आधारमा अङ्क दिने गरिएको छ । गत वर्ष पनि भेरी अस्पताल ६१ अङ्क पाएर उत्कृष्ट भएकोे थियो । रेफरल अस्पतालका रूपमा रहेको भेरी अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बिरामीका लागि भरोसाको केन्द्र मानिँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend