logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • पराजय भएपछि पुनः मतगणनाको माग

    पराजय भएपछि पुनः मतगणनाको माग

    1.8K
    Shares
    पराजय भएपछि पुनः मतगणनाको माग

    काठमाडौं । व्यास नगरपालिकाको मेयरमा पराजय भएका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले पुनः मतगणनाको लागि माग गरेका छन् ।

    बुधबार दमौलीमा पत्रकार सम्मेलन गर्दै उनले निर्वाचन आयोगमा पुनस् मतगणनाको लागि माग गर्ने जानकारी दिए ।

    उनले मतगणना निष्पक्ष रुपमा र आयोगले भने अनुसार नभएको आरोप लगाउँदै पुनः मतगणनाको माग गरेका हुन् ।

    वडा न १ देखि ८ सम्म जितेको परिमाणमा सुनाइएको र वडा न ९ देखि १४ सम्म विपक्षको योजनामा षड्यन्त्रपूर्वक आफ्नो विपक्षमा परिणाम निकालिएको उनको आरोप छ ।

    एमालेको सहयोगमा नगरको मेयरको उम्मेदवार बनेका जोशी कांग्रेसका बैकुण्ठनाथ न्यौपानेसँग २५२ मतान्तरले पराजित भएका हुन् ।

    कांग्रेससँग असन्तुष्ट बनेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफ्नो राजनीतिक विरासत फर्काउन एमालेलाई साथमा लिएर छोरा दीपकलाई मेयरको उम्मेदवार बनाए थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend