logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रदेश सांसदबाट राजीनामा दिएर मेयर लडेका शेख अबुलकलाम पराजित

    प्रदेश सांसदबाट राजीनामा दिएर मेयर लडेका शेख अबुलकलाम पराजित

    4.9K
    Shares

    रौतहट । मधेश प्रदेशका प्रदेशसभा सदस्य स्थानीय तहको निर्वाचनमा पराजित भएका छन् ।

    रौतहटको गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका प्रदेशसभा सदस्य शेख अबुलकलाम आजाद पराजित भएका हुन् ।

    प्रदेशसभा सदस्यबाट राजीनामा दिएर गढीमाई नगरपालिमामा जनता समाजवादी पार्टी (जसपा) बाट मेयर पदका उम्मेदवार बनेका अबुलकलाम आजादलाई नेपाली कांग्रेसका श्यामप्रसाद यादवले पराजित रेका हुन् ।

    दोस्रो कार्यकालका लागि निर्वाचित भएका श्यामप्रसाद यादवले ८६३१ मत ल्याउँदा आजादले भने ८०७३ मत ल्याए ।

    यसैगरी गढीमाई नगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टीकी स्मिता कुमारी यादव निर्वाचित भएकी छिन् ।

    यादवले ६६७१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्प्रर्धी एकीकृत समाजवादीका नागेन्द्र सिंहले ५९०२ मत प्राप्त गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend