logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रहरी कार्यालयको शौचालयमा एक जना थुनुवा मृत फेला

    प्रहरी कार्यालयको शौचालयमा एक जना थुनुवा मृत फेला

    4.1K
    Shares

     

    नेपालगञ्ज । इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर–१२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुरका इन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बुधबार बिहान करिब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।

    उनले भने, ‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर शौचालयको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको अवस्थामा भेटिएका हुन् ।’ मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।

    स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend