logo

२०८१ माघ १० बिहिबार

logo
  • बिहिबार, १० माघ २०८१
  • हफ्तादिनभित्र दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई राजापुर नगरका नवनिर्वाचित मेयरको निर्देशन

    हफ्तादिनभित्र दलको सदस्यता त्याग्न शिक्षक र कर्मचारीलाई राजापुर नगरका नवनिर्वाचित मेयरको निर्देशन

    4.9K
    Shares

    बर्दिया । बर्दियाको राजापुर नगरपालिकाका नवनिर्वाचित मेयर दिपेश थारुले शिक्षक तथा कर्मचारीलाई एक हफ्ताभित्र दलको सदस्यता त्याग्न निर्देशन दिएका छन् । नगरको पहिलो बैठकले विभिन्न राजनैतिक दलमा आबद्ध रहेका शिक्षक र कर्मचारीलाई एक हफ्ताभित्र राजीनामा दिन निर्देशन दिएको हो ।

    विद्यालयको पठनपाठन प्रभावित हुने गरी आचरणविपरीत काम गर्ने शिक्षक र कर्मचारीले राजनैतिक दलको विभिन्न पद नछाडे कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ । मंगलबार राजापुर नगरपालिकाको बैठकले उक्त निर्णय गरेको हो ।

    नगर प्रमुख दिपेश थारुले प्रचलित शिक्षा ऐन २०२८ (संशोधन सहित) को दफा १६(ङ)को उपदफा ५ को (६) को व्यवस्था उल्लंघन गरी राजनैतिक दलमा संलग्न रहेको पाइएकोले सात दिन भित्र उक्त पद छाड्न निर्देशन दिएको बताए ।

    ‘उल्लेखित पदबाट राजीनामा दिन लगाई सोको विवरण सात दिनभित्र पालिकामा पेस गर्न निर्देशन जारी गरेका छौँ,’उनले भने‘कसैले पालिकाको नियम अटेर गरे कारबाहीका लागि सम्बन्धित निकायमा पत्रचार गर्नेछौँ ।’

    चौधरी लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिई माओवादी केन्द्रबाट राजापुरको मेयरमा निर्वाचित भएका हुन् । शिक्षा क्षेत्रमा सुधारलाई पहिलो प्राथमिकतामा राख्दै राजनीतिबाट टाढा राख्ने निर्णय भएको उनले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend