बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

आगामी प्रदेश र संघीय चुनावमा चाहिँ उम्मेदवार छान्‍न गल्ती गर्दैनौँ: महामन्त्री थापा

आगामी प्रदेश र संघीय चुनावमा चाहिँ उम्मेदवार छान्‍न गल्ती गर्दैनौँ: महामन्त्री थापा

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर वा फागुनमा प्रदेश र संघीय निर्वाचन हुने त्यस निर्वाचनमा आफ्नो पार्टीले सही उम्मेदवार छनोट गर्ने बताएका छन्। भक्तपुर आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसका मतदाता बढेका छन्।

मतदान गर्नेको संख्या बढेको यो निर्वाचनबाट प्रमाणित भयो। प्रदेश र संघको निर्वाचनको तयारीमा जानुपर्छ। मंसिर वा फागुनमा निर्वाचन हुन्छ। त्यसको निर्णय सरकारले गर्छ।’

स्थानीय तहको निर्वाचनमा सफलता प्राप्त गरेकाले प्रदेश र संघको निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए। उनले कम्युनिष्ट पार्टी असफल भएको कारणले कांग्रेसको हातमा जिम्मेवारी आइपुगेको बताए।

‘संघ र प्रदेशमा हाम्रो सरकार छ। जिम्मेवारी प्रश्न गर्ने ठाउँमा हामी छैनौँ। अब हामीले हाम्रो बारेमा सोच्नुपर्छ। नयाँ चरण सुरु भइसकेकाले हामीले जिम्मेवारी लिनुपर्छ’ उनले भने, ‘संघ र प्रदेशको सरकार पनि हामीले चलाउनुपर्छ। अहिलेको निर्वाचनमा भएको उम्मेदवार चयनको गल्ती कमजोरीलाई संघको निर्वाचनमा दोहोर्‍याउँदैनौँ।’

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend