logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • एक महिनामा पाठ्यपुस्तक छपाई सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्याउन सरकारलाई निर्देशन

    एक महिनामा पाठ्यपुस्तक छपाई सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्याउन सरकारलाई निर्देशन

    3.9K
    Shares

    काठमाडौं । संसदीय समितिले विद्यालय तहको पाठ्यपुस्तकको बाँकि छपाई एक महिना गरी सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बुधबारको बैठकले विद्यालय तहको पाठ्यपुस्तकको बाँकि छपाई एक महिना भित्र छपाई सम्पन्न गरी विद्यार्थीहरुको हातहातमा पुर्याउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई निर्देशन दिएको हो ।

    छापिएको पुस्तक पनि तत्काल विद्यार्थीहरुलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देश गरिएको समितिकी सभापति जयपुरी घर्तीले जानकारी दिए । समितिले ३५ लाख बाँकि पुस्तक छपाईको काम छिटो सम्पन्न गर्न अन्य प्रेसमा पनि काम गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको छ । सभापति घर्तीले भन्नु भयो, ‘तत्काल जो जति छापिएको छ । छापिएकोलाई तुरुन्त पुर्याउनु प¥यो । जति छापिएको छैन । त्यसलाई तुरुन्तै छाप्नका लागि जसले जिम्मा लिएको छ । उसले अरु प्रेसहरुलाई पनि दिएर तुरुन्तै एक महिना भित्र विद्यार्थीहरुको हातमा पुस्तक पु¥याउनका लागि समिति सरकारलाई निर्देशन दिन चाहन्छ ।’

    समितिले विद्यालय तहको पाठ्यपुस्तक समयमै विद्यार्थीहरुको हातमा पुग्न नसक्ने समस्याको दीर्घकालीन समाधानका लागि छपाईको काम प्रदेश सरकार र वितरणको काम स्थानीय तहलाई जिम्मा दिने व्यवस्था मिलाउन पनि सरकारलाई भनेको छ । सरकारी विद्यालयहरुमा पाठ्यपुस्तकको अभाव विगतदेखि हुँदै आएकाले यसको समाधानका लागि प्रदेश सरकारलाई छपाईको र सम्बन्धित स्थानीय तहलाई वितरणको व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराइएको समितिकी सभापति घर्तीले बताए ।

    त्यस अवसरमा सभापति घर्तीले पाठ्यपुस्तक समेत समयमा पुग्न नसकेको कारण सरकारी विद्यालयहरुनै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता छाएकोतर्फ सरकारको गम्भिर ध्यानाकर्षण गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend