बिहिबार, बैशाख ४ २०८२

बिहिबार, बैशाख ४ २०८२

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २४ जना घाइते

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, २४ जना घाइते

अछाम । अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर २४ जना घाइते भएका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका(४ कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा सोही नगरपालिका वडा नम्बर १ का अमरनाथ धमलाको घटनास्थलमै मृत्यु भएको हो ।

हाइड्रोलिक लिक भएर ट्याक्टर ट्रलीको पल्टिँदा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागी मंगलसैन ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend