logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • बाँकेमा भारतीय ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु

    बाँकेमा भारतीय ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु

    2.4K
    Shares

     

    नेपालगन्ज । बाँकेको कोहलपुर पीपलचौतारा नजिकै भारतीय ट्रकले ठक्कर दिँदा अटो चालकको मृत्यु भएको छ । दुर्घटनामा सख्त घाइते भएका कोहलपुर–१३ का अटोचालक २९ वर्षीय रामसेवक थारुको उपचारका क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

    तीव्र गतीमा रहेको यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको थियो । ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend