logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • महिला र बालिकामाथि यौनजन्य हिंसाका उजुरीको हदम्याद हटाउन माग

    महिला र बालिकामाथि यौनजन्य हिंसाका उजुरीको हदम्याद हटाउन माग

    2.5K
    Shares

     

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले बालिकामाथि हुने यौनजन्य हिंसा उजुरीको लागि हदम्याद हटाउने सम्बन्धमा प्रक्रिया अघि बढिसकेको जानकारी दिएकी छन्।

    समृद्धि फाउन्डेसन नेपालले ‘महिला र बालिकामाथि हुने यौनजन्य हिंसा न्यूनीकरण र उजुरीको लागि हदम्याद तोक्न नहुन’भन्ने विषयमा बुधबार बुझाएको ध्यानाकर्षण पत्र ग्रहण गर्दै उनले म्याद खारेजीको लागि कानुन मन्त्रालयमा पत्राचार गरिसकेको र थप प्रक्रिया अघि बढिसकेको बताइन् ।

    ध्यानाकर्षण पत्रमा महिलामाथि हुने यौनजन्य हिंसाको उजुरीको लागि तत्काल हदम्याद हटाउनुपर्ने, उजुरीपश्चात् पीडितले तत्काल न्याय पाउनुपर्ने, कानुनलाई थप मजबुत बनाउनका लागि तत्काल संशोधन गरी कार्यान्वयनको चरणमा जानुपर्ने जस्ता विषय छ ।

    फाउन्डेसन अध्यक्ष सङ्गीता श्रेष्ठले नाबालिका, किशोरी तथा महिलाले भयरहित वातावरणमा स्वतन्त्र एवं सुरक्षित भएर बाँच्न पाउने अधिकारको सुनिश्चित गर्न माग गरिन् । हदम्यादको फाइदा उठाएर बलात्कारी स्वतन्त्र घुमिरहेको भन्दै ‘समृद्धि फाउण्डेसन नेपाल’ ले हदम्यादको कानुनी व्यवस्था हटाउन माग गरेको हो । कानुनमा भएका कमजोरीले अपराधीको मनोबल बढ्ने भएकाले हदैसम्मको कानुनी व्यवस्था गर्नुपर्ने फाउण्डेसनले माग गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend