logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकार सँग माग

    पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकार सँग माग

    2.3K
    Shares

     

    काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनका आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन सरकार सँग माग गरेका हुन् ।

    पटक–पटक गरिएको मूल्यवृद्धिले जनता मारमा परेको भन्दै उहाँले यसबिचमा गरिएको सम्पूर्ण मूल्यवृद्धि फिर्ता गरि पहिलेकै ठाउँमा ल्याउनुपर्ने माग गरे । अन्तर्राष्ट्रिय रुपमा बढेको मूल्यवृद्धिले मात्रै नभइ सरकारले विभिन्न करहरु जोडेका कारण मूल्यवृद्धि भएको उनले बताए । अध्यक्ष गजुरेलले मूल्यवृद्धि फिर्ता गरी जनतालाई राहत दिइनुपर्ने बताए ।

    उनले स्थानीय तह निर्वाचन मार्फत् जनताले बास्तविक लोकतन्त्रको अनुभुति गर्न नसकेको बताए । कतिपय ठाउँमा आफ्नै पार्टीको चुनाव चिन्हमा मतदान गर्दा कारबाही गरिनुले लोकतन्त्र नभई दलतन्त्र भएको उनले प्रष्ट्याए ।

    अध्यक्ष गजुरेलले निर्वाचनमार्फत् जनताले विकल्प खोजेको बताए । जनताले पुराना पार्टी र नेताहरुलाई विश्वास नगरेका कारण स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरु विजयी भएका उनले बताए । जनताले पुराना पार्टी र तिनका नेतृत्वको विकल्प खोजेको उनले बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend