logo

२०८१ जेष्ठ २० आइतबार

logo
  • आइतबार, २० जेष्ठ २०८१
  • पेट्रोलियम पदार्थलाई बिस्थापित गर्ने दिशामा सरकारले नीति लिएको छ: सञ्चारमन्त्री कार्की

    पेट्रोलियम पदार्थलाई बिस्थापित गर्ने दिशामा सरकारले नीति लिएको छ: सञ्चारमन्त्री कार्की

    3.4K
    Shares

     

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेट्रोलियम पदार्थलाई बिस्थापित गर्ने दिशामा सरकारले नीति लिएको बताएका छन् । बुधवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारकर्मीहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले यस्तो बताएका हुन् ।

    उनले अहिले भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि सरकारको कारणले नभइ अन्तर्राष्ट्रिय बजारको मापदण्डअनुसार वृद्धि भएको पनि स्पष्ट पारे । मन्त्री कार्कीले नेपालमा उर्जाको उत्पादन बढीरहेकोले अबका दिनमा बिजुलीबाट चल्ने सवारीसाधन र भान्सामा पनि विद्युतीय सामग्रीको प्रयोग बढाउनु पर्ने बताए । उनले आगामी दिनमा उर्जालाई प्रमुख प्राथमिकतामा राखेर दैनिक उपभोग्य कुराहरु पेट्रोलियम पदार्थ, भान्सामा प्रयोग हुने ग्यासलाई बिस्थापन गरेर सुन्दर र सफा मुलुकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

    मन्त्री कार्कीले नागरिकता विधेयक देशको आवश्यक्ताभित्र पर्ने बताए । उनले नागरिकता समस्या देशमा नराख्ने सरकारको स्पष्ट धारणा भएको भन्दै मंगलवार प्रश्तुत गरेको नीति तथा कार्यक्रममा पनि सबैको सहमतिमा विधेयक चाँडै पारित गर्ने सोच सरकारले राखेको बताए ।

    मन्त्री कार्कीले नागरिकता विधेयक सबैको सहमतिमा चाँडै पारित गरेर नागरिकताको समस्याबाट देशलाई मुक्त गराउन जरुरी रहेको बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend