काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्कराज साम्पाङ राईले खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे बुझ्न खानेपानी मुहान पुगेर जानकारी लिएका छन् । धरानका मेयर हर्कराज साम्पाङले नगरको खानेपानी मुहान पुगेर खानेपानी आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । अधिकांश ठाउँमा नवनिर्वाचित जनप्रतिनिधि विजय जुलुससहित जितको खुसी मनाइरहँदा साम्पाङ फिल्डमा खटिएका हुन् ।
साम्पाङले मुहानमा रहेका संरचनाको कमजोरी सच्याउन र सरसफाइका लागि निर्देशन दिँदै आफैं पनि सरसफाइ कार्यमा सहभागी भए ।