logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अब के गर्नुहुन्छ भन्नेलाई मिश्रको जवाफः किताब र कविता पनि लेख्न सक्छु, मन लागे फिल्म खेल्छु

    अब के गर्नुहुन्छ भन्नेलाई मिश्रको जवाफः किताब र कविता पनि लेख्न सक्छु, मन लागे फिल्म खेल्छु

    7.1K
    Shares

    काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले बुधबार पदबाट राजीनामा दिए । स्थानीय तह निर्वाचनमा नाजुक चुनावी परिणाम आएपछि उनले राजीनामा दिएका हुन् ।

    अध्यक्षबाट राजीनामा दिएपछि उनले अब के गर्लान् भन्ने धेरैको चासो छ । बिहीबार बिहानै फेसबुकमार्फत उनले लेखेका छन्–

    मेरो राजनीतिको प्रमुख उद्देश्य देशको दूरगामी हित र दशकौंसम्म जसको नाममा राजनीति गरियो र जसलाई राजनीतिको लाभले कहिल्यै स्पर्श गर्न सकेन तिनलाई स्पर्श गर्नु थियो । त्यो सफलता अहिलेसम्म हासिल भएको छैन,ु पुनः राजनीतिमै रहने संकेत गर्दै उनले लेखेका छन्, त्यसका लागि विचारभन्दा माथि देशलाई राख्नै पर्छ भन्ने मेरो मान्यता हो । त्यसैलाई शिरोधार्य गर्दै म प्रयासरत रहिरहने छु।

    यसका साथै उनले अब कविता, किताब र सिनेमा समेत खेल्न सक्ने भन्दै व्यङ्ग्य गरेका छन् । साथमा, कविता लेखुँला, किताब लेखुँला, परोपकारी काम गरूँला र, मन लाग्यो भने, सिनेमा पनि खेलुँला, उनले भनेका छन् ।

    उनले आफ्नो राजीनामाबाट नआत्तिन समेत  नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend