logo

२०८१ माघ ११ शुक्रबार

logo
  • शुक्रबार, ११ माघ २०८१
  • त्रियुगा नगरमा कांग्रेस एमाले र एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा

    त्रियुगा नगरमा कांग्रेस एमाले र एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा

    6.2K
    Shares

    उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार त्रियुगामा त्रिपक्षीइ प्रतिस्पर्धा छ । त्रियुगाको मेयरमा कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म कांग्रेसले झिनो मतान्तरले अग्रता लिइरहेको छ भने समाजवादीका उम्मेलवारले टक्कर दिइरहेका छन् ।

    ९५४० मतगणना हुँदा मेयरमा कांग्रेसका वसन्त बस्नेतको ३०९० मत छ । एकीकृत समाजवादीका बलदेव चौधरीले ३०११ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका भागवत राउतले २१२६ मत ल्याएका छन् ।

    उपमेयरमा पनि कांग्रेसकी सरिता राई २८०९ मतका साथ अग्रता लिइरहेकी छन् । माओवादी केन्द्रकी गीता खड्का कार्कीले २४५७ र एमालेकी महेश्वरी राईले २३६८ मत पाएकी छन् । वडा नं. १, २ र १६ को परिणाम सार्वजनिक हुँदा १ मा काङ्ग्रेस, २ मा एमाले र १६ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।

    सबैभन्दा पहिले गणना सकिएको १६ मा माओवादी केन्द्रका मानबहादुर राईले प्यानलसहित जितेका छन् । १ मा कांग्रेसका मनोजकुमार चौधरीले प्यानलसहित जितेका छन् भने २ मा एमालेका घमानसिङ खत्रीले वडाध्यक्ष जितेका छन् । वडा नं. ३, १५ र १४ गणना जारी छ ।

    नगरपालिकाको ३० हजार ६३९ मत गणना हुन बाँकी छ । यहाँ ६० हजार ४६ मतदातामध्ये ४० हजार १७९ मत खसेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2025 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend