logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालेनका समर्थकले काठमाडौंमा विजयी जुलुसको तयारी गर्दै, यस्तो छ रुट

    बालेनका समर्थकले काठमाडौंमा विजयी जुलुसको तयारी गर्दै, यस्तो छ रुट

    5.4K
    Shares

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेपछि विजयीको सुनिश्चित भएका स्वतन्त्र उम्मेदवार बालेन शाहका समर्थकहरुले बिहीबार दिउँसो काठमाडौँका विभिन्न स्थानहरुमा विजय जुलुसको तयारी गरेका हुन् ।

    शाहको चुनावी अभियानमा सक्रिय गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विजयी जुलुस निकालिने तयारी गरिएको जानकारी दिएका छन् । उनले मतपरिणाम घोषणा भएको केही समयपछि राष्ट्रियसभा गृहबाट सुरु हुने जुलुस भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालिमाटीबाट कलंकी पुग्ने बताएका छन् ।

    उनका अनुसार जुलुस कलंकीबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा पुगेर समापन हुनेछ । शाहको समूहले आफुलाई पायक पर्ने समय र स्थान मिलाएर व्यक्तिगत वा सामूहिक रुपमा जुलुसमा सहभागी हुन सकिने पनि जनाएको छ ।

    शाहका समर्थकहरुले परिवर्तनका पक्षमा मतदान गर्ने र समर्थन गर्नेहरुलाई धन्यवाद दिनका लागि जुलुस आयोजना गरिने पनि बताएका छन् । ‘सभ्य र अनुशासित किसिमले हामी ¥यालीमा सहभागि हुनेछौँ। कसैको विरोध गर्ने वा गिज्याउने गर्ने छैनौँ,’ शाहका समर्थक कार्कीले फेसबुकमा लेखेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend