logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • गठबन्धनले सत्ताको बलमा बुथ क्याप्चर गरेको ओलीको आरोप

    गठबन्धनले सत्ताको बलमा बुथ क्याप्चर गरेको ओलीको आरोप

    4.1K
    Shares

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन स्वच्छ र निष्पक्ष र धाँधलीरहित हुन नसकेको आरोप लगाएका छन् ।

    संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै ओलीले सत्ता गठबन्धनले सत्ताको बलमा चुनावमा बुथ क्याप्चर सम्म गरेको आरोप लगाए ।

    अध्यक्ष ओलीले १४ दिनसम्म पनि परिणाम आउन नसक्नुको कारण के ? भनी सरकारलाई प्रश्न गरे्का छन् । उनले भने, ‘आज १४ दिन भयो । परिणाम किन आइरहेको छैन ? निर्वाचन स्वच्छ हुन सकेन । धाँधलीरहित हुन सकेन । सत्ता पक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी निरिह भएर बसेको छ ।’

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend