काठमाडौं । काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ । केही वडाको मत गणना गर्न बाँकी छँदै मेयरमा बालेन शाहको जित पक्का भइसकेको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् ।
नेकपा एमालेका उम्मेदवार स्थापितले ३६ हजार ८५० मत पाएका छन् । सुरुदेखि दोस्रो स्थानमा रहेका स्थापीतलाई उछिनेर सिर्जना दोस्रो स्थानमा आएकी थिइन् ।
तर उनी फेरि तेस्रो स्थानमा पुगेकी छन् । उनले ३६ हजार ६०४ मत पिाएकी छन् । राप्रपाका उम्मेदवार मदनकृष्ण श्रेष्ठले भने ५ हजार ८४५ मत पाएका छन् ।