logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • स्थानीय तह निर्वाचनअन्तर्गत चार पालिकाको मतपरिणाम आउन बाँकी

    स्थानीय तह निर्वाचनअन्तर्गत चार पालिकाको मतपरिणाम आउन बाँकी

    4.5K
    Shares

    काठमाडौं । स्थानीय तह निर्वाचनअन्तर्गत अब काठमाडौँ महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी रहेको छ । गत वैशाख ३० गते भएको निर्वाचनको मतगणनाबाट ७५३ पालिकामध्ये ४६० गाउँपालिका र २८९ नगरपालिका गरी ७४९ पालिकाको अन्तिम मतपरिणाम निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भइसकेको छ ।

    आज दिउँसो १ बजेसम्मको विवरणमा मतगणना जारी रहेकामध्ये अन्तिमपरिणाम आउन बाँकी पालिकामा वाग्मती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश नं १ मा उदयपुरको त्रियुगा नगरपालिका र लुम्बिनी प्रदेशमा रुपन्देहीको तिलोत्तमा नगरपालिका रहेको छ । सुदूरपश्चिमको बाजुराको बुढीगङ्गा नगरपालिकामा भएको मतदानबारे विवाद भएकाले पुनः मतदान या वैशाख ३० गतेको मतदानका आधारमा गणना भन्ने बारेमा आयोगले चाँडै निर्णय गर्ने जनाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend