काठमाडौं । प्लास्ट नेपाल फाउण्डेशनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा बिहीवार देखि देशकै ठूलो प्लास्टिक मेला सुरु भएको छ। प्लाष्टिक मेलाको उद्धाटन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडुले गर्ने भएको छ । उद्धाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले प्लास्टिक कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको बताए ।
उनले अत्यावश्यक भएता पनि प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गर्ने गरिएको बताए । अध्यक्ष गोल्छाले प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री भएकाले यसलाई व्यवस्थापन गर्ने भने जरुरी रहेको बताए । उनले नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउने कुरा स्वागतयोग्य भएको बताए । उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा लाग्ने १० प्रतिशत भन्सार सरकारले घटाएर पाँच प्रतिशत कायम गर्नु माग गरे ।
भन्सार लाग्ने भएकाले अहिले नेपालमा प्लास्टिकका सामाग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिएर ठूलो विकृति ल्याएको बताए । अध्यक्ष गोल्छाले सरकारले नीति तथा कार्यक्रममा दश वर्षको उत्पादन दशक घोषणा स्वागयोग्य रहेको बताए । उनले नेपालमा उत्पादन बढाउनुपर्छ भन्दै महासंघले उत्पादन बढाउनको लागि भिजन पेपर तयार पारेकाले सरकारसँग उद्योग वाणिज्यसंघ सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । अध्यक्ष गोल्छाले बजारमा देखिएको तरलताको समस्याले निजि क्षेत्रमा निरासा छाएकाले यो वर्षको बजेट निजि क्षेत्रले धेरै चासोले हेरिरहेको बताए । उनले निरासालाई उत्साहमा बदलिनको लागि यो बजेटले केही स्टीमुलस व्याकेज ल्याउँछ भन्ने निजी क्षेत्रले आशा गरेका बताए ।
उहाँले भन्नुभयो,‘ प्लास्टिक आजको दिनमा कृषकको जीवन, उद्योग, घरदेखि कार्यालयसम्म नभइ नहुने पदार्थ बनेको छ । तर, प्लास्टिकलाई सधैं वातावरणसँग जोडेर बदनाम गरिने गरेको छ । प्लास्टिक एकदमै महत्वपूर्ण सामग्री हो । यसलाई व्यवस्थापन गर्न भने जरुरी छ । नेपालमा प्लास्टिक रिसाइकलिङ उद्योग आउँदै छ भन्ने सुनें। यो एकदमै स्वागतयोग्य कुरा हो ।
उद्योगीहरुले प्लाास्टिक सामग्री उत्पादन गर्न आवश्यक कच्चा पदार्थ आयात गर्दा १० प्रतिशत भन्सार लाग्छ त्यसलाई घटाएर पाँच प्रतिशत कायम गर्नु पर्ने छ । प्लास्टिक सामाग्री उत्पादन गर्ने कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क छ। जसका कारण भारतबाट धेरै नै प्लास्टिकका सामाग्रीहरु भन्सार नतिरेर अनधिकृत रुपमा नेपाली बजार भित्रिरहेका छन्। यसले ठूलो विकृति ल्याएको छ। भन्सार घटाउने हो भने विकृतिहरु पनि हट्न सक्छ ।
सरकारले नीति तथा कार्यक्रममा दश वर्षको उत्पादन दशक घोषणा गरेको छ । यो एकदमै स्वागयोग्य छ । नेपालमा उत्पादन बढाउनुपर्छ । उद्योग वाणिज्य महासंघले उत्पादन बढाउनको लागि भिजन पेपर पनि लिएर आएको छ । यो विषयमा सरकार उद्योग वाणिज्यसंघ सहकार्य गरौं । यो वर्षको बजेट निजि क्षेत्रले धेरै चासोले हेरिरहेको छ । बजारमा देखिएको तरलताको समस्याले निजि क्षेत्रमा निरासा छाएको छ । निरासालाई उत्साहमा बदलिनको लागि यो बजेटले केही स्टीमुलस व्याकेज ल्याउँछ भन्ने आशा गरेका छौं । १५ गते आउने बजेटले अहिले अर्थतन्त्रमा देखिका समस्या समाधानको लागि काम गर्ने छ ।’