logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • गरुडा नगरपालिकामा ३८ मतको झिनो अन्तरले एमाले विजयी

    गरुडा नगरपालिकामा ३८ मतको झिनो अन्तरले एमाले विजयी

    3.8K
    Shares

    रौतहट । रौतहटको गरुडा नगरपालिकामा कडा प्रतिस्पर्धाका बीच एमालेका मेयरको उम्मेदवार विजयी भएका छन् । गरुडा नगरपालिकामा एमालेका उम्मेदवार कन्थमनी प्रसाद कलवार मात्र ३८ मतको झिनो अन्तरले निर्वाचित भएका छन् । उनले कुल ४ हजार ५६३ मत प्राप्त गरेर मेयर पदमा विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीबाट मेयरका उम्मेदवार वृजकिशोर यादवले कुल ४ हजार ५२५ मत प्राप्त गरेका थिए ।

    त्यसैगरी उपमेयरमा नेपाली काँग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरी निर्वाचित भएकी छिन् । चौधरी कुल ६ हजार ७०३ मत प्राप्त गरेर उपमेयरमा विजयी भइन् भने उनको निकटतम प्रतिद्वन्द्वी जसपाकी बिन्दु देवीले ४ हजार ४ ७७ मत प्राप्त गरिन् । योसँगै प्रभु साहको गृहजिल्ला रौतहटमा एमालेले ३ स्थानीय तहमा जित निकालेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend