बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

धरानका नवनिर्वाचित मेयर साम्पाङ् सरसफाईका लागि झाडु बोकेर उत्रिए चोकतिर

धरानका नवनिर्वाचित मेयर साम्पाङ् सरसफाईका लागि झाडु बोकेर उत्रिए चोकतिर

 

काठमाडौं । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज साम्पाङ्ग राई बिहिबार झाडु बोकर सरसफाईका लागि भानु चौकमा पुगेका छन् । क्लिन धरानको अभियान सहित मेयर राई शहरलाई सफा राख्न र फोहोर नगर्न भन्दै उनि सरसफाईको लागि आफ्ना सहयोगी सहित भानु चौक पुगेका हुन् ।

राईले झाडु लिएर आफैले सफाई समेत गरेका छन् । मेयर आफै सरसफाईमा जुटेपछि सहयोगी र अभियान्ताहरुले पनि राईलाई साथ दिएका थिए । कार्यभार सम्हालेको दिनको भोलिपल्टै बुधबार खानेपानीको मुहारको सफाई गर्न सर्दुको मुहानमा पुगेका मेयर राईले त्यहाँ समेत फोहोर नगर्न र नियमित सरसफाई गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend