logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • बालेन मेयर निर्वाचित भएको घोषणासँगै सुरु भयो धन्यवाद र्‍याली (फोटोफिचर) 

    बालेन मेयर निर्वाचित भएको घोषणासँगै सुरु भयो धन्यवाद र्‍याली (फोटोफिचर) 

    2.6K
    Shares
    बालेन मेयर निर्वाचित भएको घोषणासँगै सुरु भयो धन्यवाद र्‍याली (फोटोफिचर) 

    काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएकोऔपचारिक घोषणासँगै बालेन्द्र साह (बोलेन) को विजय उत्सव सुरु भएको छ ।

    सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् । उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन् ।

    सभागृहबाट सुरु भएको र्‍याली भद्ररकाली–त्रिपुरेश्वर–माइतीघर–बबरमहल–बिजुली बजारबाट यूएन पार्कतर्फ मोडिने छ । त्यहाँबाट शान्तिनगर–तिनकुने–कोटेश्वर–जडीबुटी पुगेर पुनःकोटेश्वर(तिनकुने फर्किएर सिनामंगल–एयर्पोर्टंतिलगंगा–गौशाला–चावहिल–महाराजगंज–सामाखुसी–नयाँ बसपार्क पुग्ने छ ।

    र्‍याली नयाँ बसपार्क पुगेपछि बालाजु–स्वयम्भु हुँदै सितापाइला–कलंकी–बल्खु–कुलेश्वर–कालीकामी–टेकु– त्रिपुरेश्वर भएर रत्नपार्कस्थित खुलामञ्चमा सभामा परिणत हुनेछ ।

    लौरो चुनाव चह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend