logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • पटक–पटक लडेर फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ, हारलाई सहज लिएको छु : केशव स्थापित

    पटक–पटक लडेर फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ, हारलाई सहज लिएको छु : केशव स्थापित

    4K
    Shares

    काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले नवनिर्वाचित मेयर बालेन साहलाई बधाई दिएका छन् । स्थापितले बालेनलाई बधाई तथा शुभकामना दिदै आगामी पाँच वर्ष रचनात्मक सहयोग र कमजोरीमा निरन्तर खवरदारी गर्ने बताएका छन् ।

    पराजयपछि वक्तव्य जारी गर्दै स्थापितले उपमेयरमा निर्वाचित सुनिता डंगोलसहित एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई शासक होइन सेवक भएर काम गर्न आग्रह समेत आग्रह गरेका छन् । उनले आफू पटक पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ भन्दै यो पराजयलाई सामान्य लोकतान्त्रिक अभ्यासका रुपमा लिएको उल्लेख गरेका छन् ।

    स्थापितले भनेका छन्–‘म पटक–पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ । त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु । काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो । त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ ।’ उनले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ ।

    जनताको सेवक भएर काम गर्ने मेरो आकाङ्क्षाले यो पटकको निर्वाचन परिणामसँगै सफलता प्राप्त गर्न नसकेपछि काठमाडौंको विकास र यहाँको समृद्धिप्रतिको आकाङ्क्षा अलिकति पनि तलमाथि नभएको उनले बताएका छन् ।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend