काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण संसद बैठक १५ मिनेका लागि स्थगित भएको छ ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडूले प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीविरुद्ध रोष्टमबाट अभिव्यक्ति दिएपछि एमालेका सांसदले आपत्ति जनाएका छन् ।
एमालेका सांसदहरूले उठेर नियमापत्ति जनाउँदै कानूनमन्त्रीले माफी माग्नुपर्ने माग गर्दै अवरोध सिर्जना गरेपछि सभामुख अग्नि सापकोटाले संसद बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।