सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

ओलीको टिप्पणी गलत भनेपछि एमाले सांसदको आपत्ति, प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

ओलीको टिप्पणी गलत भनेपछि एमाले सांसदको आपत्ति, प्रतिनिधिसभा बैठक १५ मिनेट स्थगित

 

काठमाडौं । बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्री बडूले बताए । निगमलाई वित्तीय, व्यस्थापकीय सुधार गरेर आयातलाई सहज बनाउने उद्देश्यले सरकारले प्रक्रिया अगाडि बढाएको उनले उल्लेख गरे ।

प्रमुख प्रतिपक्षी दलका नेताले आधारहीन वक्तव्य दिएको भन्दै मन्त्री बडूले सत्ता गुमाउनुपर्दाको पीडा पूर्वप्रधानमन्त्री ओलीको तर्फबाट बिहीबार संसद्मा प्रस्तुत भएको उल्लेख गरे । मन्त्रीको उक्त वक्तव्य आएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरु खगराज अधिकारी र विशाल भट्टराईले आपत्ति जनाए ।

एमालेका सांसदले विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका प्रमुख सचेतक भट्टराईलाई बोल्ने समय दिए । भट्टराईले मन्त्रीको वक्तव्य तथा प्रमुख विपक्षी दलका नेतामाथि लगाइएको आरोप फिर्ता लिन आग्रह गरे । त्यस्तै, एमाले सांसद अधिकारीले पनि प्रमुख प्रतिपक्षी दलका नेतामाथि लगाइएको आरोप फिर्ता लिन पुनः आग्रह गरे ।

त्यसपछि सभामुख सापकोटाले पुनः मन्त्री बडूलाई बोल्ने समय दिनुभयो । मन्त्री बडूले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेताले निगम निजीकरण गर्न लागिएको र कमिसन खान लागेको भन्नेजस्ता टिप्पणी शतप्रतिशत गलत रहेको पुनः दोहो¥र्याए ।

एमाले सांसदले विरोध जनाएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेको छ । मन्त्री बडूले निगम पछिल्लो समय रु ४७ अर्ब घाटामा भएको र भारतीय आयल कर्पोरेशनलाई रु २२ अर्ब ४० करोड तिर्न बाँकी रहेको जानकारी दिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend