आइतबार, चैत्र २४ २०८१

आइतबार, चैत्र २४ २०८१

आर्थिक वर्षको बैशाख महिनासम्ममा ११२ वटा मानव अधिकार हननका घटनामा उजुरी दर्ता

आर्थिक वर्षको बैशाख महिनासम्ममा ११२ वटा मानव अधिकार हननका घटनामा उजुरी दर्ता

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ११२ वटा मानव अधिकार हनन्का घटनामा उजुरी दर्ता भएको बताएको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले चालू आर्थिक वर्षको बैशाख महिनासम्म सो संख्यामा मानव अधिकार हनन्को घटनाको उजुरी आयोगमा आएको जानकारी दिएका हुन् ।

आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चालू आर्थिक वर्षमा मात्रै मानव अधिकार हनन्का ३३९ वटा उजुरीको निर्णय गरिएको पनि बताए । अध्यक्ष मगरले मानव अधिकार हनन्का घटनाको विश्लेषण गर्दा महिला अधिकार, जातीय विभेद, बालअधिकार र विकासका अधिकार मुख्य विषयहरुलाई लिएर आयोगमा उजुरी आउने गरेको पनि बताए ।

त्यस अवसरमा अध्यक्ष मगरले भूकम्पबाट क्षतिग्रस्त आयोगको भवन पुनर्निर्माण गर्नका लागि सरकारको ध्यानाकर्षण पनि गराए । उनले मानव अधिकारको प्रत्याभूति दिलाउन सरकारले कार्यदल गठन गरी काम अघि बढाएकोमा खुशी समेत व्यक्त गरे ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend