काठमाडौं । भरतपुरकी मेयर रेनु दाहाल दुर्घटनामा परेकी छन् । स्रोतका अनुसार जावलाखेलस्थित स्टाफ कलेज अगाडि उनी चढेको गाडी पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
अहिले उनको सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उपचारको क्रममा टाउकोमा केही टाँका लगाइएको छ भने अवस्था भने खतरामुक्त रहेको बताइएको छ ।