logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • बालेनको जित परिवर्तनको संकेत हो: राजेन्द्र महतो

    बालेनको जित परिवर्तनको संकेत हो: राजेन्द्र महतो

    6.7K
    Shares

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा सांसद राजेन्द्र महतोले काठमाडौंका जनताले परिवर्तन चाहेर बालेन शाह लाई जिताएको बताएका छन् । आज (शुक्रबार) संसद्मा नीति तथा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले बालेनको जित अरू केही नभएर परिवर्तनको संकेत भएको जिकिर गरे । उनले पार्टीका पूर्व सहकर्मी रेशम चौधरीलाई पनि जनताले अपराधी होइन भन्दा भन्दै सरकारले जेलमा राखेको र अहिले टिकापुरका र कैलालीका जनताले मतदान गरेर उनको पार्टीलाई जिताएको बताए ।

    “पापको घडा भरिसकेको छ । त्यो नेपालमा फुटिसकेको छ । परिवर्तन हुन्छ यो देशमा,” उनले भने,“राष्ट्रिय मुक्ति क्रान्ति हुन्छ यो देशमा । कसैले रोक्न सक्दैन । बेलैमा सद्बुद्धि आओस् ।”

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend