काठमाडौं । भरतपुरकी मेयर रेनु दाहाल अस्पतालबाट डिस्चार्ज हुने भएकी छन् । रेनु दाहालकी बहिनी गंगा दाहालले सामाजिक सञ्जालबाट मेयर दाहाल अस्पतालबाट डिस्चार्ज हुन लागेका जानकारी दिएकी हुन् ।
‘आज दिउसो दिदि रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा वहां चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदिको टाउकोमा सामान्य चोट लागेको र डाक्टरको अनुसार सिटि स्क्यान गरेर हेर्दा घाऊ बाहिरी छालामा मात्रै भएको र अवस्था अहिले सामान्य भएकोले डाक्टरको सल्लाहमा डिस्चार्जको तयारीमा छौं ।’ उनले लेखेकी छन् ।