logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद हो: माधव नेपाल

    निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद हो: माधव नेपाल

    6.9K
    Shares

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताए । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताएका छन् ।

    उनले लामो समयको अध्ययनपश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए । विमानस्थल निर्माणमा अर्बौ रुपैया खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुखद भएको उनको भनाई छ ।

    अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने बताए । सरकार र राजनीतिक दलहरुले पनि यस विषयलाई गम्भिरताका साथ लिनुपर्ने उनले बताए । निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उनले उल्लेख गरे । त्यहाँ विमानस्थल बनाउँदै गर्दा वनविनाश नभएको र वन्यजन्तुको आगमनलाई समेत असर नपरेको उनले बताए ।

    अध्यक्ष नेपालले निर्वाचन प्रणाली महंगो भएकाले यस्तो प्रणाली माथि बिचार गर्नुपर्ने बेला आएको बताए । उनले भ्रष्टाचारको जालोलाई समाप्त पार्नका लागि स्वच्छ राजनीति गर्नुपर्ने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीमा गएपनि निर्वाचनमा हुने खर्च नरोकिने बताए । यसका निम्ति सत्तामा रहेका व्यक्तिहरुको धारणा स्पष्ट हुनुपर्ने बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend