logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुन्छ: मन्त्री यादव

    अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुन्छ: मन्त्री यादव

    9.9K
    Shares

    काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले अबको एकवर्ष भित्रमा नेपाल कृषिमा आत्मनिर्भर हुने दाबी गरेका छन् । एशोसिएशन अफ नेपाली एग्रिकल्चर जर्नलिस्ट (अनाज) ले आयोजना गरेको ‘आत्मनिर्भर र साना किसानका सवाल’ विषयक कार्यक्रममा बोल्दै मन्त्री यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा कृषिलाई जोड दिएकोले कार्यान्वयनलाई लागू गर्ने हो भने नेपाल आगामी एक वर्षभित्र कृषिमा आत्मनिर्भर हुने बताएका हुन् ।

    उनले आगामी आर्थिक वर्षको बजेटले कृषि क्षेत्रमा, उत्पादनको क्षेत्रमा र निर्यातको क्षेत्रमा महत्वपूर्ण योगदान दिने बताए । मन्त्री यादवले कृषि नेपालको मेरुदण्ड भएको बताउँदै कृषिलाई कसरी आत्मनिर्भर गर्न सकिन्छ भन्ने कुरा नै अहिलेको प्रमुख चुनौति भएको बताए । उनले नेपालमा जनशक्तिको अभाव रहेको पनि बताए । उनले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि कृषि नीति आवश्यक रहेकोले कृषि नीति बनाएर नै कृषि क्षेत्रलाई आत्मनिर्भर बनाइने स्पष्ट पारे । उहाँले मन्त्रालय कृषि नीति पास गराउन लागि परेको पनि बताए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend