logo

२०८१ बैशाख २१ शुक्रबार

logo
  • शुक्रबार, २१ बैशाख २०८१
  • पेट्रोलियम पदार्थको आयात कम गर्न साइकिल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्छ: मन्त्री भुसाल

    पेट्रोलियम पदार्थको आयात कम गर्न साइकिल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्छ: मन्त्री भुसाल

    7.5K
    Shares

     

    काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थको आयात कम गर्न साइकिल र विद्युतीय सवारीसाधनको प्रयोग गर्नुपर्ने बताएकी छन् । शनिवार महिनवारी स्वच्छता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् ।

    उनले पट्रोलियम पदार्थबाट चल्ने सवारीसाधनको प्रयोगलाई कम गर्न साइकिल उपर्युक्त विकल्प भएको बताईन् । मन्त्री भुसालले साइकिल र विद्युतीय सवारीसाधनको प्रयोगले वावरणलाई स्वच्छ बनाउने र भोग्नुपरेको वातावरणीय समस्या समाधान हुने पनि बताईन् ।

    मन्त्री भुसालले भनिन्, ‘पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएको छ, जसले सबै क्षेत्रमा प्रभाव पारेको छ । यो साइकिल यात्राले त्यसको जवाफ दिन्छ, हामीसँग भरपुर जलश्रोत छ । साइकिलले नपुगेको बेला विद्युतीय यातायात सञ्चालन गर्नुहुनेछ भन्ने आशा छ । वातावरणीय हिसवाले भोगिरहेका समस्या समाधान हुन्छन् । वातावरण साइकिल यात्रा र विद्युतीय सवारीले समाधान गर्नेछ ।’

    मन्त्री भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताईन् । उनले महिला महनिावारी हुनु भनेको कुनै नराम्रो कुरा नभइ महिला भएको परिपक्वताको टुंगो लागेको बताईन् । मन्त्री भुसालले महिनावारी हुनु पाप नभइ गर्वको कुरा भएको भन्दै पछिल्लो समय सोचमा परिवर्तन भइरहेको बताईन् । उनले स्यानिटरी प्याडको निःशुल्क वितरणसँगै विद्यार्थीहरु अध्ययनबाट वञ्चित हुन नपरेको बताईन् । मन्त्री भुसालले अझै शहरमै पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनुपरेको भन्दै यसबिरुद्ध सचेतनामुलक कार्यक्रम गर्न आवश्यक रहेको बताईन् ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend