logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • विमान दुर्घटना भएको आशकां गरिएको लेतेमा हेलिकप्टर जाँदै

    विमान दुर्घटना भएको आशकां गरिएको लेतेमा हेलिकप्टर जाँदै

    3.7K
    Shares

    काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन एन–एइटी जहाज मुस्ताङको लेतेभन्दा माथिको पहाडमा ठोक्किएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । टिटी तालभन्दा पारिपट्टी हिमाली रेन्ज सुरू हुने ठाउँबाट ठूलो आवाज आएको स्थानीयले बताएका छन् ।

    म्याग्दीका प्रहरी नायव उपरीक्षक डीएसपी तिलक भारतीले टिटी ताल वरिपरिबाट ठूलो आवाज आएको जानकारी पाएको बताए । सो जानकारी लगत्तै मुस्ताङबाट दुर्घटनाग्रस्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ ।

    बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट उडेको विमान माछापुच्छ्रे र धौलागिरी हिमालको खोँच कटेपछि सम्पर्कविहीन भएको थियो । विमानमा चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली नागरिक थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend