logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • हराएको विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण जोमसोममा डाइभर्ट

    हराएको विमान खोज्न गएको हेलिकप्टर खराब मौसमका कारण जोमसोममा डाइभर्ट

    2.6K
    Shares

    काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको विमान हराएपछि खोज्न गएको फिस्टेल एयरको हेलिकप्टर बीचबाटै डाइभर्ट भएको छ । मौसम खराबीको कारण हेलिकप्टर जोमसोममा डाइभर्ट गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेम नाथ ठाकुरले जानकारी दिए ।

    मुस्ताङको कोबाङनजिकै विमान दुर्घटना भएको आशंका गरिएको छ । उक्त क्षेत्रको मौसम खराब हुँदा हेलिकप्टर समेत जान सकेको छैन ।

    घोडेपानी क्षेत्रबाट १०ः०७ मा अन्तिमपटक सम्पर्क भएको विमानमा चालक दलका सदस्यसहित १६ नेपाली र ६ विदेशी सवार रहेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend