मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

सुनचाँदीको मूल्य स्थिर

सुनचाँदीको मूल्य स्थिर

 

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको कारोबार मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको सुनचाँदीको भाउ तोक्दै गत साताको शुक्रबारकै मूल्यमा कारोबार भइरहेको जनाएको हो ।

जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ छ भने तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जानकारी दिएको छ ।

यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १२ सय ८० रुपैयाँ छ । जुन, शुक्रबारकै कारोबार मूल्य हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend