काठमाडौं । राष्ट्रिय सभा सदस्य बिमला राई पौडेलले हदम्यादका कारण धेरै पिडितले न्याय नपाउने अवस्था आएकाले हदम्याद हट्नुपर्ने बताएकी छन् । सुनौलो नेपालसँगको कुराकानीमा सदस्य डा.पौडेलले यस्तो बताएकी हुन् ।
‘बर्षौदेखी बोल्न नसकेका पिडितले जब हिम्मत जुटाएर बोल्न सक्ने भए त्यो बेलामा हद म्याद नै न्यायको बाधक बन्न पुग्यो’ उनले भनिन् ‘यस्तो अवस्थामा धेरै पिडितले न्याय नपाउने भए । नाबालकको केशमा हदम्याद राख्नु गलत हो भनेर हामीले संसदमा कुरा उठाएका छौं हदम्याद हट्नुपर्छ र हट्छ पनि ।’
डा. पौडेलले ८ बर्ष अघि एक नाबालिकाले सौन्दर्य प्रतियोगिता आयोजकबाट पटक पटक बलात्कृत भएको आफ्नो पिडा अहिले टिकटक भिडियो मार्फत सार्वजनिक गरेपछि हदम्यादले पिडित थप पिडामा परेको महशुस भएको बताईन् ।
उनले माल्बिका सुब्बाप्रति ईङकित गर्दैै भनिन् ‘विश्वास गरेर पिडितले सहयोग माग्दा सहयोग नगर्नेलाई पनि कारबाही गर्नुपर्छ ।’
पुरा भिडिओ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् :