logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • रुखमा बस ठोक्किदा आठ जनाको मृत्यु २० जना घाइते

    रुखमा बस ठोक्किदा आठ जनाको मृत्यु २० जना घाइते

    4.1K
    Shares

    एजेन्सी । यहाँबाट करिब १८० किलोमिटर दक्षिणमा अवस्थित बरिसाल जिल्लामा आइतबार बिहान यात्रीले खचाखच भरिएको एउटा बस रुखमा ठोक्किँदा कम्तिमा आठ जनाको मृत्यु हुनका साथै अन्य २० जना घाइते भएका छन् । रातभरको यात्राका क्रममा राजमार्गमा बस चालकले नियन्त्रण गुमाएको हुनसक्ने जिल्ला प्रहरी उपरीक्षक मारुफ हुसेनले बताएका छन् ।

    उनका अनुसार बसमा रहेका ४२ जनामध्ये २० जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर छ । घाइते सबैलाई स्थानीय अस्पताल र क्लिनिकमा लगिएको प्रहरी अधिकारीले जानकारी दिँदै दुर्घटनाको वास्तविक कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

    गुणस्तरहीन राजमार्ग,सवारी साधनको उचित मर्मतसम्भार अभाव, अयोग्य चालकबाट हुने सवारी नियम उल्लङ्घन र नियमन निकायको फितलो अनुगमनका कारण बङ्गलादेश सडक दुर्घटनामा आफ्ना धेरै नागरिक गुमाउने विश्वका प्रमुख मुलुकहरूमा पर्दछ ।

    गैरसरकारी संस्था रोड सेफ्टी फाउन्डेसनले यो महिनाको सुरुमा एक प्रेस विज्ञप्ति जारी गर्दै गत महिना देशभर भएका ४२७ सडक दुर्घटनामा कम्तीमा ५४३ जनाको ज्यान गएको र ६१२ जना घाइते भएका जनाएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend