logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • सप्तरीमा स्कारपिओको ठक्करबाट पैदलयात्रीको मृत्यु

    सप्तरीमा स्कारपिओको ठक्करबाट पैदलयात्रीको मृत्यु

    3.7K
    Shares

    सप्तरी । हुलाकी राजमार्गअन्तर्गत सप्तरीको बोदे बर्साइन नगरपालिका–५ जाँजरमा आज स्कारपिओले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६० वर्षीय सुवेदार मियाँ रहेको प्रहरीले जनाएको छ ।

    ठक्करबाट गम्भीर घाइते भएका मियाँलाई उपचारका लागि अस्पताल पठाइएको थियो । उपचारकै क्रममा उनको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    पूर्वतर्फ आउँदै गरेको प्र२–०१–००१च ००२२ नंको स्कारपिओले पैदल गइरहेका मियाँलाई ठक्कर दिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend