logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्नातक र स्नातकोत्तरका विद्यार्थीले ९० दिन स्वयमसेवा गर्नुपर्ने

    स्नातक र स्नातकोत्तरका विद्यार्थीले ९० दिन स्वयमसेवा गर्नुपर्ने

    6K
    Shares

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमा शिक्षा क्षेत्रमा विद्यार्थीले स्वयमसेवा गर्नुपर्ने अवधारणा अघि सारेको छ। सरकारले स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीले ३ महिना स्थानीय तहमा स्वयमसेवा गराउने धारणा राखेको छ।

    संघीय संसदको संयुक्त बैठकमा आइतबार आर्थिक वर्ष ०७९/८० का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्राविधिक विषयमा स्नातक र अन्य विषयका स्नातकोत्तर पढ्ने विद्यार्थीलाई ९० दिनसम्म स्वयमसेवा गराइने बताएका हुन्।

    उनले स्थानीय तहको योजना निर्माण तथा ग्रामीण विकासमा योगदान गर्ने गरी कम्तीमा ९० दिनसम्म स्वयंसेवामा लगाउन सम्बन्धित विश्वविद्यालयले आवश्यक व्यवस्था मिलाउने स्पष्ट पारेका छन्।

    शिक्षासँग सीप अभियानका साथ माध्यमिक तह अध्ययन गर्ने विद्यार्थीलाई सीपमूलक तालिम दिने गरी पाठ्यक्रमको विकास गरिने पनि शर्माद्वारा प्रस्तुत बजेटमा उल्लेख गरिएको छ। माध्यमिक तह उत्तीर्ण विद्यार्थीलाई स्वावलम्बी तथा कुनै एक व्यावसायिक दक्षता दिलाएर स्वरोजगार बन्न सक्षम बनाईने अर्थमन्त्री शर्माले बताए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend