logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • केही ठाउँमा बिहानैदेखि वर्षा, यसपालि समयमा नै मनसुन भित्रने अनुमान

    केही ठाउँमा बिहानैदेखि वर्षा, यसपालि समयमा नै मनसुन भित्रने अनुमान

    2.8K
    Shares

    काठमाण्डाै – मधेस प्रदेश र प्रदेश-१ का केही ठाउँमा पानी परिरहेको छ । बिहान वाग्मती र गण्डकीका केही ठाउँमा पनि पानी परेको थियो ।

    आज देशका पूर्वी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने सम्भावना छ । दिउँसो पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।

    यसैबीच, यसपालि समयमा नै मनसुन भित्रने अनुमान गरिएको छ ।

    भारतको केरलामा मनसुन भित्रिसकेकाले नेपालमा पनि समयमा नै भित्रने अनुमान गरिएको हो । मौसमविदका अनुसार सामान्यतया केरलामा मनसुन भित्रिएको १० दिनमा नेपालमा भित्रने गर्छ । जुन १३ तारिखमा नेपालमा मनसुन भित्रने र अक्टोबर २ तारिखमा बाहिरिने मानिन्छ ।

    जुन महिना सुरु हुन अब दुई दिन मात्र बाँँकी छ । मनसुनी गतिविधि सुरु भइसकेकाले यसपालि बेलैमा मनसुन भित्रने अनुमान गरिएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend