logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजमा के छ यात्रु र चालक दलका सदस्यको अवस्था

    दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजमा के छ यात्रु र चालक दलका सदस्यको अवस्था

    2.5K
    Shares
    दुर्घटनाग्रस्त अवस्थामा  भेटिएको जहाजमा के छ यात्रु र चालक दलका सदस्यको अवस्था

    कास्की – आइतवार देखी हराइरहेको तारा एयरको ट्विनअटर नेपाली सेनाले फेला परेको छ ।

    हिजो बेपत्ता भएको तारा एयर थासाङ गाउँपालिका अन्तर्गत कोबाङ गाउँको माथी सानुसरे भन्ने स्थानमा क्षत विच्छेद अवस्थामा भेटिएको छ ।

    १९ यात्रु बोकेर पोखराबाट ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको थियो।

    १० बजेर २० मिनेटमा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज सम्पर्कविहीन भए पछि आइतवार बाट खोजी कार्य शुरु गरिएको थियो । तर नेपाली सेनाको उद्धार टोलीले सोमावर बिहान मात्र विमान रहेको स्थान पत्ता लगाएको छ।

    त्यसमा सवार यात्रु र चालक दलका सदस्यको अवस्थावारे नेपाली सेनाले यस बिषयमा अहिलेसम्म आधिकारिक रुपमा केहि पुष्टि गरेको छैन थप विवरण आउन बाँकी छ।

    पोखराबाट आइतबार बिहान विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, कोपाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, ४ भारतीयसहित २ अन्य देशका नागरिक थिए ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend